Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ईसेवाको कर्मचारी भन्दै १५ लाख भन्दा बढी ठगी गरेको आरोपमा ५ जना पक्राउ

ईसेवाको कर्मचारी भन्दै १५ लाख भन्दा बढी ठगी गरेको आरोपमा ५ जना पक्राउ

जोईन खबर

१२, कार्तिक २०८०
  • 772
    SHARES
  • ईसेवाको कर्मचारी भन्दै  १५ लाख भन्दा बढी ठगी गरेको आरोपमा ५ जना पक्राउ

    १२ कार्तिक काठमाडाैँ । आफूलाई ईसेवाको कर्मचारी बताएर १८ जना सेवाग्राहीसँग १५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिकाका-५ का ४ जना छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    १८ जनाको खाताबाट १५ लाख २० हजार ९०१ रुपैयाँ झिकिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    पक्राउ पर्नेमा गौर–५ का २६ वर्षीय नवनितकुमार कुशवाहा, २१ वर्षीय कन्हैयाकुमार कुशवाहा, २१ वर्षीय रितेश कुशवाहा र २० वर्षीय अभयकुमार यादव छन् ।

    रौतहटकै गढिमाई-६ का १९ वर्षीय दीपेन्द्रकुमार यादवलाई पनि पक्राउ गरिएको छ ।खाता नवीकरण गर्ने, केवाईसी अपडेट गर्नेजस्ता बहाना बनाएर खातासम्म पहुँच राख्ने गरेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १२, २०८० आइतवार - १७:२९:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको