१३ कार्तिक काठमाडाैँ । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी-२० विश्वकप छनौट गुमाउने सम्भावना धेरै देखिएकाे छ । सोमबार सिंगापुरविरुद्धको खेलमा प्लेइङ ११ मा रहेका दिपेन्द्र टसपछिको वार्मअपका क्रममना घाइते भएपछि दिपेन्द्र टिमबाट बाहिरिएका थिए ।
दिपेन्द्रको खुट्टामा चोट लागेको बताइएको छ र उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्याइएको छ । एन्कलमा चोट लागेका दिपेन्द्र बैसाखी टेकेर अस्पताल पुगेका छन् । आगामी शुक्रबार सेमिफाइनल र आइतबार फाइनल खेलको तालिका रहेको छ । यस कारण दिपेन्द्र टी-२० विश्वकपबाट बाहिरिने सम्भावना देखिएको छ ।
दिपेन्द्र घाइते भएपछि नेपाली टिमलाई ठुलो झट्का लागेको छ । दिपेन्द्रले पछिल्लो त्रिकोणात्मक टी-२० सिरिजमा शानदार प्रदर्शन गरेका थिए ।