Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशाको स्वागत गर्दै

चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशाको स्वागत गर्दै

जोईन खबर

१३, कार्तिक २०८०
  • 742
    SHARES
  • चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशाको स्वागत गर्दै

    १३ कार्तिक काठकमाडाैँ । चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दोकी पलेशा गोवर्धन शनिबार स्वदेश आएकी छन् ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले पलेशालाई त्रिभूवन अन्तर्राष्ट्रियमा स्वागत गर्नुका साथै सफलताका लागि बधाइ दिए ।

    images

    3(13).JPG

    images
    images
    images

    सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि बधाइ दिइएको थियो ।विमानस्थलबाट पलेशासहितको तेक्वान्दो टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा लगिएको थियो । त्यहाँ उनीहरुलाई राखेपका पदाधिकारी, कर्मचारी, शुभचिन्तकलगायतले स्वागत गर्दै बधाइ दिए ।पलेशाले केहि दिनका लागि चीनकै सांघाइबाट नेपाल आएकी हुन् ।

    4(17).JPG

    पलेशा सांघाइस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनिएरिङको स्नातक तहमा अध्ययनरत छिन् । पलेशा नोभेम्बर ७ तारिखमा सांघाइ फर्किदै छिन् ।पलेशा सांघाइबाटै एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाव गएकी थिइन् । कात्तिक ७ गते भएको महिला के– ४४ क्याटगोरीको ५७ केजीमुनि क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा काजाकिस्तानकी कमिल्यासंग पराजित भएपनि रिपेचेजमा वाइ पाएपछि पलेशाको कांस्य पदक पक्का भएको थियो ।पलेशाले जितेको पदक पारा एसियाली खेलकुदमै नेपालले जितेको पहिलो पदक हो ।

    5(6).JPG

    नेपालले पहिलो संस्करणदेखि नै एसियाली पारा खेलकुदमा सहभागिता जनाएपनि तेक्वान्दो भने चौथो संस्करणदेखि मात्र समावेश गरिएको हो ।सदस्य–सचिव घिसिङले पलेशालाई नेपाललाई ऐतिहासिक पदक दिलाएकोमा बधाइ दिदै पलेशाबाट राष्ट्रले अझ धेरै आशा गरेको बताए ।पलेशा सम्झावना बोकेकी खेलाडी हुन् । सफलताका लागि पलेशासंगै तपाईंहरुलाई पनि बधाइ छ ।’ पलेशाको उपस्थितिमा उनका बुवा आमासंग कुराकानी गर्ने क्रममा सदस्य–सचिव घिसिङले भने– ‘पलेशाबाट हामी र राष्ट्रले अझ धेरै आशा गरेका छौं ।

    अहिले पदक जितेर पलेशाले खुड्कीलो मात्र उक्लेको हो । चुचोरोमा पुग्नु अझै बाँकी छ । पारा ओलम्पिकमा पदक जितेर अर्को इतिहास रच्न बाँकी नै छ । त्यसको तयारी लागि राष्ट्रिय खेलकुद परिषद्ले कुनै कसर बाँकी राख्ने छैन । यो मेरो प्रतिबद्धता हो ।ऐतिहासिक पदक विजेता पलेशाले आफ्नो अनुभव सुनउदै भनिन्– ‘म पढ्न चाइना जाँदा पढाईं र ट्रेनिङलाई संगै लाने सोचेको थिए । सोचे भन्दा गाह्रो भयो । यहाँ (नेपाल)  हुँदा परिवार, गुरु सबैले सहयोग गर्नु हुन्थ्यो । त्यही भएर सजिलो पनि भएको थियो । त्यहाँ (चीन) सबै आफैले गर्नु पर्ने थियो, गाह्रै भएको थियो । तर, मैले हार मानिन । जसरी पनि पढाईंसंगै ट्रेनिङको लागि पनि समय मिलाए । 

    6(2).JPG

    गेमको दिन नर्भस पनि थिए । किनकी धेरै समयपछि रिङमा खेल्न गएको थिए । तर, जसरी भएपनि जित्न पर्छ भन्नै चाहि थियो । किनकी एसियन पारा गेम्समा अहिलेसम्म नेपाले पदक जितेको थिएन । पहिलो पदक जितेकोमा खुशी थिए । तर, मेरो टार्गेट चाहि गोल्ड मेडल नै थियो । सिल्भर मेडल फाइटमा पनि थोरैले पराजित भए । दुःख पनि लागेको थियो । तर, पदक तालिकमा राष्ट्रलाई शुन्यको अवस्था हुनबाट जोगाएकोमा एकदमै खुशी छु ।पलेशाका पिता प्रदिपले छोरीले पदक जितेकोमा गर्वको अनुभूति भएको बताउदै फरक क्षमका आफ्नो सन्तानलाई समाजबाट लुकाउन नहुने धारणा व्यक्त गरे । 

    1(37) (2).jpg

    छोरीले पदक जितेकोमा गर्व लागेको छ । फरक क्षमता भएकाले पनि अवसर पाए केहि गर्न सक्छन् । यो मेरो छोरीले मात्रै हैन खेलकुदका साथै अन्य क्षेत्रका अन्य फरक क्षमता भएकाले प्रमाणित गरिसकेको कुरा हो ।’ प्रदिपले भने– ‘फरक क्षमता भएका सन्तानलाई पनि समाजसंग घुल्मिल गराउन जरुरी छ । त्यसो भयो भने मात्र उनीहरुको मनोबल बृद्धि हुन्छ । आज मेरो छोरीले सफलता हासिल गरिन् ।

    भोलि अवसर पाए थ्रुप्रै फरक क्षमता भएकाले राष्ट्रलाई योगदान दिन सक्छन् ।प्रशिक्षक लामाले एसियाली पारा खेलकुदमा नेपाललका लागि पलेशाले ऐतिहासिक पदक जितेकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ, नेपाल पारालिम्पिक कमिटीसंगै सम्बन्धित सबैलाई धन्यवाद दिए ।

    प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - १५:१६:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको