Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दियालो युवा क्लबले तेस्रो रन्चोक कप भलिवल प्रतियोगिता आयोजना गर्दै

दियालो युवा क्लबले तेस्रो रन्चोक कप भलिवल प्रतियोगिता आयोजना गर्दै

जोईन खबर

१४, कार्तिक २०८०
  • 784
    SHARES
  • दियालो युवा क्लबले  तेस्रो रन्चोक कप भलिवल प्रतियोगिता आयोजना गर्दै

    १४ कार्तिक काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ४ रन्चोकमा  तेस्रो रन्चोक कप भलिवल प्रतियोगिता हुने भएको छ । यस प्रतियोगिता  दियालो युवा क्लबको आयोजनामा बारपाक सुुलिकोट गाउँपालिका–४, रन्चोकमा  कात्तिक २४ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष मिलन सुनारले जानकारी दिनुभयो ।

    images

    यस क्लबले शुभ दिपावली तथा छठ पर्वको अवसर पारी राष्ट्रिय कलाकारको साथमा गाउँटोल स्तरीय मैत्रीपूर्ण पुरुष भलिवल प्रतियोगिताको आयोजना  गर्ने लागेको क्लब अध्यक्ष  सुनारले बताउनु भयो । कार्यक्रमको उद्वघाटनको दिन स्थानीय कलाकार, दोस्रो दिन राष्ट्रिय कलाकारहरूको उपस्थिति हुने छ ।

    images
    images
    images

    भलिवल  प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने   टिमले नगद रु २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र , द्वितीय स्थान हासिल गर्ने टिमले रु १५ हजार ट्रफी मेडल र प्रमाणपत्र तितृय स्थान हासिल गर्ने  टिमले रु ९ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो रन्चोक कप भलिवल प्रतियोगितामा सहभागी हुन चाहाने टिमले कात्तिक २३ गतेसम्म टिम दर्ता गर्न सक्नेछ । टिम दर्ताका लागि ३ हजार रुपैया शुल्क तोकिएको अध्यक्ष सुनारले जानकारी दिनुभयो । 

    प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १०:५६:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको