१४ कार्तिक काठमाडाैँ । सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त धन्यवाद प्रस्तावलाई बैठकले सहमति दिएको थियो ।
आइतबार नेपाल आइपुगेका उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख राष्ट्रियसभाका अध्यक्षलगायत राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गरिसकेका छन् ।