१५ कार्तिक काठमाडौँ । राजधानीको गोठाटारमा प्रहरीले लागूऔषध व्यापारीलाइ पक्राउ गर्ने गोली चलाएको थियो ।लागूऔषध व्यापारी भारतीय नागरिक मोहमद करिमलाई पक्राउ गर्ने खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको छ । उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेको प्रहरीले जनाएको छ । करिमको दाहिने तीघ्रामा गोली लागेको हो । अरू थप विवरण आउन बाकी छ ।