१५ कार्तिक काठमाडौँ ।गोरखाको बेनिघाट आरुघाट सडकखण्ड पर्ने अजुवा खोला मोटरपुल निर्माण सुरु भएको सात बर्ष भई सक्द पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । आरुघाट गाउँपालिकाको वडा न ३ र ४ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र परि रहेएको छ ।
गोरखा एघारकिलो छेपेटार भालुस्वाँर बारपाक सडक आयोजनाको कार्यालयले ठेक्का लगाएको उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको लापरवाहीका कारण काम ढिलासुस्ती भएको हो । बि।स २०७४ सालको साउनमा कार्यालयले गोरखाको एप्रोपेट जेभीसंग मोटरपुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थिए ।
पुल निर्माणका लागि ठेकेदार कम्पनीले हेलचक्राइ गर्दा समेत कार्यालयले आवश्यक पहल नगरेको स्थानीयबासीहरुको गुनासो छ ।निर्धारित समयमा काम सम्पन्न नगरेको कम्पन्नीलाई पटक पटक गरेर अहिलेसम्म ४ पटक म्याद थप गरिसकेको कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो ।
यस पुल कुल ४ करोड रुपैयामा निर्माणका लागि ठेक्का सम्झौता गरेको कार्यालयले ठेकेदार कम्पनीलाई ३ करोड २० लाख रुपैया रकम भुक्तानी गरिसकेको छ । पुलको भौतिक प्रगती भने ८३ प्रतिसत मात्र रहेको कार्यालय प्रमुख खड्काले बताउनुभयो ।
ठेक्का सम्झौता अनुसार अझैपनि पुलसंगको पहुँच मार्ग निर्माण, पुलको दाँयाबाँया रेलिङ निर्माण लगायतको काम बाँकी नै रहेको छ । ३० मिटर लम्बाई र ११ मिटर चौडाईको पुलमा फुटपाथ सहित निर्माण गर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसंग ठेक्का सम्झौता गरेको थियो । ‘ठेकेदार कम्पनीले गरेको लापरवाहीका कारण नै पुल निर्माणमा ढिलाईको मुख्य कारण हो, उहाँले भन्नुभयो, ‘त्यस वाहेक भौगौलिक कठिनाईका कारण पनि पुल निर्माणमा केही समस्या भएको छ । फेरी म्याद थपको तयारी गरेको कार्यालय प्रमुख खड्काको भनाई छ ।