१५ कार्तिक काठमाडौँ । भोलीबाट सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको हो। कार्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अरू बेलाकोभन्दा कम भएर एक घण्टा घटने छ।
बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ ।
जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । सरकारले कार्यालय अरू समय ७ घण्टा तोकेको थियो ।