Logo

बुधवार, श्रावण १३ गते २०८३

ओमानसँग पराजित हुँदा नेपाल समूह उपविजेता : अब सेमिफाइनलमा नेपालले समूह "बी" को विजेता प्रतिस्पर्धा गर्ने I

ओमानसँग पराजित हुँदा नेपाल समूह उपविजेता : अब सेमिफाइनलमा नेपालले समूह "बी" को विजेता प्रतिस्पर्धा गर्ने I

जोईन खबर

१६, कार्तिक २०८०
  • 700
    SHARES
  • ओमानसँग पराजित हुँदा नेपाल समूह उपविजेता : अब सेमिफाइनलमा नेपालले समूह "बी" को विजेता प्रतिस्पर्धा गर्ने I

    आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल समूह "ए" को उपविजेतामै सीमित भएको छ। लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको नेपाल बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरूद्ध मध्यक्रमको ब्याटिङ नचल्दा ५ रनले पराजित भयो। नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम चारमा पुग्यो। अब सेमिफाइनलमा नेपालले समूह "बी" को विजेता र ओमानले समूह "बी" को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। 

    images

    सेमिफाइनल जितेर फाइनलमा स्थान पक्का गर्ने दुई टिमले आगामी वर्ष अमेरिका र युएईमा हुने आइसिसी टी-२० विश्वकपको टिकट काट्नेछन्। बिहीबार कीर्तिपुरमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १४० रन  जोड्न सक्यो।

    प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - १२:३९:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको