Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चौथो एसियाली पारा खेलकुदको पदक जित्न सफल पलेशालाई प्रधानमन्त्री दाहालको बधाइ

चौथो एसियाली पारा खेलकुदको पदक जित्न सफल पलेशालाई प्रधानमन्त्री दाहालको बधाइ

जोईन खबर

१६, कार्तिक २०८०
  • 745
    SHARES
  • चौथो एसियाली पारा खेलकुदको पदक जित्न सफल पलेशालाई प्रधानमन्त्री दाहालको बधाइ

    १६ कार्तिक काठमाडैँ । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक जित्न सफल पलेशा गोवर्धनलाई बुधबार बधाइ दिएका छन् ।

    images

    प्रधानमन्त्री दाहालले पलेशालाई सिंहदरबारमा भेटी बधाइ दिएका हुन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि प्रधानमन्त्री दाहालले बधाइ दिए थिए ।पलेशाले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि कांस्य पदक जितेकी थिइन् । पलेशाले जितेको पदक नेपालले एसियाली पारा खेलकुदमै जितेको पहिलो पदक हो ।

    images
    images
    images

    भेटका अवसरमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतको उपस्थित रहेको थियो ।

    बधाइपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (बीच) संग तस्वीर खिचाउदै प्रशिक्षक कविराज नेगी लामा, पलेशा गोवर्धन, खेलकुद मन्त्री डिगबहादुर लिम्बू र सदस्य–सचिव टंकलाल घिसिङ ।

    2(3).jpeg

    प्रधानमन्त्री पुष्पकमल दाहाल (दायाँ) पलेशा गोवर्धनलाई बधाइ दिदै ।

    1(12).jpeg प्रधानमन्त्री पुष्पकमल दाहाल (दायाँ) र पलेशा गोवर्धन ।

    3(5).jpeg

    प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - १३:२९:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको