Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको बारपाक सुलिकोटमा पालिका भित्र व्यवसाय नयाँ दर्ता तथा नवीकरणको वडा वडामा दुई दिने शिविर सञ्चालन सुरू

गोरखाको बारपाक सुलिकोटमा पालिका भित्र व्यवसाय नयाँ दर्ता तथा नवीकरणको वडा वडामा दुई दिने शिविर सञ्चालन सुरू

जोईन खबर

१६, कार्तिक २०८०
  • 841
    SHARES
  • गोरखाको बारपाक सुलिकोटमा पालिका भित्र व्यवसाय नयाँ दर्ता तथा नवीकरणको वडा वडामा दुई दिने  शिविर सञ्चालन सुरू

    १६ कार्तिक काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्र करको व्यापर  व्यवसाय नयाँ दर्ता तथा नवीकरण दुई दिने  शिविर सञ्चालन गरेको छ । गाउँपालिका भित्रका व्यवसायीहरुलाई सहज सजिलो बनाइ पालिकाले वडा–वडामा व्यवसाय नयाँ दर्ता तथा नवीकरण शिविर सुरु गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

    images

    भौगोलिक हिसावले गाउँपालिकाको कार्यालय देखि खलि टाढा रहेकोले गाउँपालिकाले वडा न १ र २ बारपाकबाट कार्तिक १५ गते देखि शिविर सञ्चालन गरेको हो ।  यसले व्यवसायीहरुलाई सुविधासंगै व्यवसायीहरुलाई करको दायरामा ल्याउन र नवीकरण नगरेका व्यवसायीहरुलाई नवीकरणका लागि प्रोत्साहन पुग्ने गाउँपालिका अध्यक्ष भट्टले बताउनुभयो ।

    images
    images
    images

    गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत तलुसीराम आर्चायले भन्नुभयो, यसबाट व्यवसाय नवीकरण गराउदा गाउँपालिकाको राजस्व संकलनमा पनि बृद्धि  हुन्छ । यसबाट नवीकरण गरेर व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने सचेतना सबै नागरिकहरूको गाउँगाउँ  र टोलटोलमा पुगेको छ । यो कार्य वडा वडा गर्दा व्यवसायीहरुलाई पालिकासम्म  आउनबाट सहयोग पुगेको छ ।

    केही वडा बाट गाउँपालिका कार्यालयसम्म आउनका लागि  एउटा व्यवसायीकोे ४÷५ हजार रुपैयासम्म खर्च हुन्छ, तेही कारणले  बासिन्दाहरुलाई कार्यालयसम्म धाएर आउदा समस्या  नहोस् भनेर गाउँपालिकाले नै वडा वडामा  शिविर सञ्चालन गर्नुको साथै वडावडामा व्यवसायीहरुलाई पनि सहज भएको गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत  आर्चायले भन्नुभयो ।

    गाउँपालिकाको केन्द्रबाट नजिक वडाहरु वाहेक बाँकी सवै वडाहरुमा व्यवसाय   नयाँ दर्ता शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो ।गाउँपालिकाका योजना तथा प्रशासन शाखाका प्रमुख इश्वरीप्रसाद पनेरु नेतृत्वको टोलीले शिविर सञ्चालन गरिरहेको छ । व्यवसाय नयाँ दर्ता तथा नवीकरण गर्नका लागि पालिका कार्यालयसम्म धाउनु पर्ने  दु स् खको अन्त्य भएको आम नागरिको भनाइ छ ।

    प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - १४:४६:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको