१७ कार्तिक काठमाडाैँ । तारा एयरकाे दुई पाइलटहरू रामेछापको विमानस्थलमा कुटाकुट भएको छ। तारा एयरका क्याप्टेन संजीव श्रेष्ठ र सन्तोष शाहबीच विमानस्थलको एप्रोनमा कुटाकुट भएको हो।
कुटाकुटको घटना सार्वजनिक भएसँगै विमान कम्पनीले उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको छ। तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले घटनाबारे छानबिन भइरहेको बताए।
प्रवक्ता बर्तौताका अनुसार दुई जना पाइलटबीच व्यक्तिगत कारणले झगडा भएको देखिएको र विस्तृत विवरण आउन बाँकी रहेको बताए । घटनाबारे अनुसन्धना हुदैँ ।