१७ कार्तिक काठमाडाैँ । टी-२० विश्वकपमा छनौटमा भएको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री दाहालले बधाई दिएका छन्। एसिया छनौट खेलमा युएईलाई आठ विकेटले पराजित गर्दै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनौट भएसँगै प्रधानमन्त्री ‘प्रचण्ड’ले सामाजिक संजालमार्फत् बधाई दिएका हुन्।
प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधैँ यहाँहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु।
टी-२० विश्वकप प्रतियोगितामा छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु। पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु ।