१८ कार्तिक काठमाडाैँ । शुक्रबार राति ११ बजेर ४७ मिनेट हुदा गएको भूकम्पका कारण जाजरकाेट लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । भूकम्पमा परी रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकामा ४३ जना नागरिकले ज्यान गुमाएका छन् ।
भूकम्पमान परी ७० जना घाइते भएको नगरप्रमुख रवि के.सी.ले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत पठाइएको छ ।
अहिले पनि उद्धारको क्रम जारी छ । घाइतेहरूलाई अस्पतालसम्म ल्याउने काम भइरहेको उनले बताए । नगरप्रमुख के.सी.का अनुसार सबैजसो घरहरू ध्वस्त भएका र करिब दुई हजार घरमा क्षति पुगेको उनले बताए ।
भूकम्पबाट प्रभावितहरूका लागि अब आवास र खाद्यान्नको आवश्यकता रहेको नगरपालिकाले जनाएको छ ।कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा पनि भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।