१८ कार्तिक काठमाडाैँ । शुक्रबार ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिकाकाे रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ ।भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु र रुकुम पश्चिममा ३६ जनाको ज्यान गुमाएका छन् ।
उद्धार समूहका अनुसार साँढे सात बजेसम्ममा ९२ जनाको मृत्यु पुष्टि भैसकेको छ। थप विवरण संकलन भईरहेको र मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
साथै रुकुम पश्चि र जाजरकोटमा गरी १४० बढी घाइते भएका छन् । जाजरकोट जिल्ला अस्पतालमा मात्रै ५५ जनाको उपचार भईरहेको छ ।
८ जनालाई सुर्खेत पठाइएको प्रहरीले जानकारी दिएको छ । केन्द्रिय प्रहरी प्रवक्ता कुवेर कडायतले जाजरकोटमा ९२ र रुकुममा ३७ जनाको ज्यान गएको पुष्टि गरे ।सडक अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा पुग्न समेत कठिन भएको छ भने सञ्चार सम्पर्क स्थापित गर्न समेत कठिन भएको छ ।