१८ कार्तिक काठमाडाैँ । नेपाल सरकारले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने भएकाे छ ।
उक्त ठाउमा सूचना आदान प्रदानलाई निरन्तरता दिन सञ्चारमन्त्री रेखा शर्माको निर्देशनमा याे निर्णय गरिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।
सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने जनाइएको छ ।उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार नमस्ते वाइफाई सेवा पनि उपलब्ध गराइने जनाइएको छ 