Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपाधिको लागि आज नेपाल ओमानसंग खेल्दै

उपाधिको लागि आज नेपाल ओमानसंग खेल्दै

जोईन खबर

१९, कार्तिक २०८०
  • 901
    SHARES
  • उपाधिको लागि  आज  नेपाल  ओमानसंग खेल्दै
    १९ कार्तिक काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोट उपाधिको लागि नेपाल ओमानसँग खेल्ने भएको छ ।
     
    नेपाल र ओमानबीचको फाइनल खेल आइतबार टियु क्रिकेट मैदानमा बिहान–११ बजे सुरु हुनेछ । नेपालले दोस्रो सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै टि२० विश्वकपमा स्थान बनाएको छ । ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा पुगेको हो ।
     
    नेपालले हालसम्म विश्वकप छनोटको उपाधि जितेको छैन । यसअघि नेपालले २०१८ मा एसिसी इस्टर्न सब रिजन टुनामेन्टको उपाधि जितेको थियो । नेपालले पहिलो पटक २०१४ मा बंगलादेशमा टि२० विश्वकप खेलेको थियो ।
     
    नेपालले विश्वकपमा स्थान बनाउन सकेको थिएन । नेपाल २०१५ र २०२१ मा ग्लोबल छनोटबाट बाहिरिएको थियो
     
     
     
     
     

    प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - ०८:३१:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको