Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आइसिसी टि२० विश्वकपमा गुलशन झा सर्वोत्कृष्ट खेलाडीमा चुनिए,मोटरसाइकल पाउने

आइसिसी टि२० विश्वकपमा गुलशन झा सर्वोत्कृष्ट खेलाडीमा चुनिए,मोटरसाइकल पाउने

जोईन खबर

१९, कार्तिक २०८०
  • 847
    SHARES
  • आइसिसी टि२० विश्वकपमा गुलशन झा  सर्वोत्कृष्ट खेलाडीमा चुनिए,मोटरसाइकल पाउने

    १९ कार्तिक काठमाडाैँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा खेलमा नेपालका तीव्र गतिका बलिङ अलराउन्डर गुलशन झा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।नेपाल फाइनलमा सुपर ओभरमा पराजित भएपनि गुलशनले उक्त अवार्ड पाएका हुन् ।

    images

    गुलशनले ५ खेलमा ७९ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । गुलशनले ओमानविरुद्ध ५४, युएईविरुद्ध २२ र ओमानविरुद्ध ३ रन बनाएका थिए । सिंगापुरविरुद्ध २ विकेट लिएका उनले मलेसिया र ओमानसँग १(१ विकेट लिएका थिए ।

    images
    images
    images

    सर्वोत्कृष्ट वापत गुलशनले पल्सरको १ सय ६० सिसीको मोटरसाइकल पाउनेछन् ।ओमानका बिलाल खान प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ५ खेलमा ११ विकेट लिएका थिए । ओमानलाई उपाधि जिताउन प्रतियोगिताभर सानदार प्रदर्शन गरेका थिए ।नेपालका कुशल भुर्तेल प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए ।

    कुशलले ५ खेलमा १ अर्धशतकसहित कुल १ सय ८५ रन बनाएका थिए । नेपाल सुपर ओभरमा फाइनलमा ओमानसँग पराजित भएको छ ।

    प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - १६:२६:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको