२० कार्तिक काठमाडाैँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि प्रधानमन्त्रीकाे राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रधानमन्त्री हस्तान्तरण गरेका हुन् ।
जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जनधनको क्षति भएपछि गुरुङले उक्त रकम घोषणा गरेका थिए । सही रकम हिजाे साेमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर गुरुङले आफूले गरेकाे घोषणा रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका हुन् ।
