२० कार्तिक काठमाडौँ । जनयुद्धका महान २१ शहिदहरुको शहिद स्मृति दिवस काठमाडौँको बालाजूको सगुन क्याफेमा सम्पन्न भएको छ । बारपाक सुलिकोट — काठमाडौँ सम्पर्क समन्वय समितिले बारपाक सुलिकोट गाउँपालिकाबाट जनयुद्वमा सहीद हुनुहुने २१ जना सहीदको सम्झना र सम्मानमा एक औपचारिक कार्यक्रम गरि सहिद योद्धालाई अभिनन्दन गर्दै स्मृति दिवस मनाइएको हो ।
नेकपा माओवादी केन्द्रका बारपाक सुलिकोट काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष राजन बाबु श्रेष्ठको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव एवम पूर्व मन्त्री सम्पर्क समन्वय प्रदेश ईन्चार्ज गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा माओवादी केन्द्रका गोरखा काठमाडौँ सम्पर्क समन्वयको अध्यक्ष अनुप श्रेष्ठ,बारपाक सुलिकोट काठमाडैँ सम्पर्क समन्वयको ईन्चार्ज बिकास गुरुङ्घ, बुद्विजीवी तथा सबैको अभिभावक उदय देवकोटा,वाइसिएल नेपालका केन्द्रीय सदस्या तथा प्रचार प्रसार विभागका उपप्रमुख धिरज उपरकोटी,शिक्षक संगठनका केन्द्रीय सचिव कल्पना पनेरू र सहिद परिवारका छोरा तथा दाजूभाई दिदि बहिनीहरुको उपस्थिति रहेका थिए ।
यस कार्यक्रममा सहिद भएका परिवारलाई माओवदी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेलले रातो पछेउरा ओढायर सम्मान पनि गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोध गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेले शहिदको बलिदानीबाट स्थापित गरिएको व्यवस्था व्यवस्थित गर्न नसकिएको बताउनु भयो । उहाँले भनु भयो कि क्रान्तिको लागि तिन चरण हुनु पर्छ र पहिलो चरणको तयारीको, दोस्रो चरणमा निर्णयीक,तेस्रो चरणमा संर्घष गर्नु पर्ने हुन्छ ।
यसका लागि हामीले एउटा क्रान्तिकारी आन्दोलन पूरा गर्ने वा सफल पार्ने दुई चार कूरामा ध्यान दिएर गएमा सबै कूरामा सफल मिल्छ। पहिलो कुरा त त्यो संगठन बलियोर सफल बनाउन पहिला त लिडरसिप,दोस्रो लिडरसिपको वरीपरी एक्तबद्वता हुनु र अर्को कुरा पार्टीलाई हातमा राख्नु पर्ने जस्ता कूरा पनि बताउनु भयो । समाज परिर्वतलाई अगाडी बढाउनका लागि जनताका महत्वपूर्ण पक्ष सँगै क्रान्तिकारी सफल पार्ने आफनो जिवन उसंर्ग हुनु,विरहरु,योद्वहरु सहिदहरु नभई कुनै पनि आन्दोलन अगाडी बढेउने सकिदैन्,उहाँले भनुभयो भूपि सेरचनले त्यतीकै भनेका होइनन् हुदैनन् बिहान मिरमिरमा तारा झरेर नगए,बन्दैन देश दुई चार सपुत मरेर नगए भने सहिदका किताब कति सान्र्धभिग छ, भने भनाई समेत व्यक्त गर्नु भएको थियो ।
त्यस्तै मनतव्यको क्रममा शिक्षक संगठनका केन्द्रीय सचिव कल्पना पनेरूले भनु भयो,हिजो सहिद आशाकाजी श्रेष्ठले जनयुद्वका बेला स्कुल र पार्टीको लागि गरेको योगदान बारे चर्चा गर्नु भयो । उहाँको भनाइ के हो भने हिजो हाम्रो आँखा अगाडी संर्घष गर्दा गर्दै बलिदान दिएका सहिदहरुको कदर नभएसंगै पार्टीले ति सहिदहरूले हिडेको बाटो किन हिडन नसकेको र हिजो हामिले दु ख कष्ट संर्घष गरेको सुर्य ज्योती स्कुल कुन अवस्थामा चलि रहेको हो , त्यो गाउँ ठाउँका जनता एवम बारपाक सुलिकोटले त्यही परिर्वत पाउनका लागि केही गर्छु, व्यक्ति गुमाउदाको पिडा कुनै नेताले महसुस नगरेको समेत बताउनु भयाे । बारपाक सुलिकोट- काठमाडौं सम्पर्क समन्वय समितिले बारपाक सुलिकोट गाउॅपालिका बाट जमयुद्धमा सहीदहरूकाे सम्झनामा सहिदकाे फाेटाेमा सबै उपस्थितिहरूले फुलमाला र अविर लगाइ सहीद स्मृति कार्यक्रम सम्पन्न गरेका थिए ।