Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टोखा नगरपालीका वडा न ८ मिलन टोल बिकास समितिको अध्यक्ष मा गोरखाका पोख्रेल निर्बाचित

टोखा नगरपालीका वडा न ८ मिलन टोल बिकास समितिको अध्यक्ष मा गोरखाका पोख्रेल निर्बाचित

जोईन खबर

२०, कार्तिक २०८०
  • 964
    SHARES
  • टोखा नगरपालीका वडा न ८ मिलन टोल बिकास समितिको अध्यक्ष मा गोरखाका पोख्रेल निर्बाचित
    २० कार्तिक काठमाडाैँ । कठमाडाैँकाे टोखा नगरपालीका वडा न ८ मिलन टोल बिकास समितिको अध्यक्षमा अजिरकोट गाउपालीका गोरखाका टेकराज पोख्रेल अध्यक्ष पदमा निर्बाचित भएका छन् ।  हिजो सम्पन दोश्रो साधारण सभामा टोलका तत्कालिन अध्यक्ष इम बहादुर खत्री ज्युको सभापतित्वमा र टोखा नगरपालीका वडा ८ का वडाअध्यक्ष रमेश खत्री ज्युको प्रमुख आथित्यता मा सम्पन्न कार्यक्रममा ९ जना कार्यसमिती चयन भएको छन ।
     
    अध्यक्ष पदमा निर्बाचित भए प्रश्चात अध्यक्ष पोख्रेल ले समाजको सम्पुर्ण कार्यसमितिलाई बधाई दिदै टोखा नगरपालीका भित्रको उत्कृष्ट समाज बनाउन समेत आह्वावान गर्नु भएको छ । अध्यक्ष पोख्रेलले आफ्नो कार्यकालमा साझा उदेश्यको रुपमा निम्नानुसारका कार्ययोजना प्रस्तुत गरेका छन । १ टोल भित्र चोरी डकैति तथा अन्य असामान्य गतिबिधिहरुको निगरानी गर्न आफ्नो भौगोलिक क्षेत्रभित्र CCTV राख्न नगरपालीकामा योजना पेश गर्ने।
     
    २ टोलका बत्तिका पोलहरुमा जडित बत्तीहरुको नियमित मर्मत गर्नेगर्ने,ढल्किएका तथा जिर्णरुपमा रहेका बिजुलीका पोलहरु फर्ने वडा तथा प्राधिकरण मा पत्रचार गरी आबश्यक ब्यबस्थापन गर्न पहल गर्ने ३ बाटोको निर्माण तथा मर्मत को लागि नगरमा नियमित रुपमा योजनाहरु पेश गर्ने ४ टोलबासीहरुको आबश्यकता बमोजिम खानेपानी लाईनमा पानी सन्चालन गर्न सम्बन्धित सस्थामा अनुरोध गर्ने ५ बिभिन्न सघ सस्थाहरुसग को समन्वयमा सामाजिक कार्यहरु रगत दान एबम स्वास्थ्य शिबिर सन्चालन गर्ने ६ टोलबासीहरु बिच सधै आपसी मेलमिलाप तथा धार्मिक सास्कृतिक भाबनालाई सम्बर्धन गर्न बिभिन्न धार्मिक तथा सामाजीक कार्यहरुमा सहभागिता जनाउन पहल गर्ने ७ टोलको सौन्दर्य तथा बाताबरण सुधारलाई ध्यानमा राखी समय समयमा बाताबरण सरक्षण तथा फोहोर मैला ब्यबस्थापन सग सम्बन्धित सस्थाहरु हिमालयन बाताबरण सरक्षण प्रा ली तथा मेट्रो वैस्ट प्रा ली सग समन्वय गरी जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्ने।  
     
    90a33d6d-7f3b-4dcb-8b81-00738aeb8491 (1).jpg
     
    ८ एक घर एक बिरुवा कार्यक्रमलाई अनिबार्य गरी टोललाई हरियाली समाजको रुपमा परिचित गराउन पहल गर्ने ९ टोल बिकास सस्थाका सदस्य तथा सदस्यका ७० बर्श भन्दा माथिका आमाबुबाहरु लाई बार्षिक साधारण सभा तथा बिशेस कर्यक्रमको अबसरमा सम्मान गर्ने । यस्तो सम्मान ७० बर्श पुगे पछी पहिलो पटक र दोहोरिने अबस्थामा हरेक ५ बर्श पछि बिशेश सम्मानको रुपमा गरिने ।
     
    १० टोल बिकास सस्थाको बार्षिक साधारण सभा नियमित तथा सम्बन्धित निकायमा नबिकरण गर्ने ११ टोल बिकाश सस्थाका साधारण सदस्य तथा पदाधिकारीहरुको मृत्यु भएको अबस्थामा तेर्हौ पुण्य तिथि भित्र परिवारका सदस्यलाई भेटि समबेदना पत्र दिने साथै पछिको साधारण सभा वा बिशेष कार्यक्रमको अबसरमा उक्त पदाधिकारीको योगदानको उच्च मुल्याकन गर्दै परिवारका सदस्यलाई निजको नाम उल्लेख गरिएको कदर पत्रले सम्मान गरिने । १२ टोल बिकाश सस्थाले वडा कार्यालय सग समन्वयगरी कौशि खेती तथा हरियालि बिकाश कार्यक्रमका लागी पहल गरिने लगायतको साझा उदेश्य प्रस्तुत गर्नु भएको थियो अध्यक्ष टेकराज पोख्रेलले छिटै पहिलो बैठक बसि अन्य सल्लाहकार सहितको पदाधिकारी पुर्णता दिने  जानाकारी दिनु भएको छ।

    प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - १५:४९:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको