Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेशका सभामुख धिताल स्थानीय जनप्रतिनीधिहरुसँग जनताकाे समस्या बुझ्दैँ

गण्डकी प्रदेशका सभामुख धिताल स्थानीय जनप्रतिनीधिहरुसँग जनताकाे समस्या बुझ्दैँ

जोईन खबर

२०, कार्तिक २०८०
  • 763
    SHARES
  • गण्डकी प्रदेशका सभामुख धिताल स्थानीय जनप्रतिनीधिहरुसँग जनताकाे  समस्या बुझ्दैँ

    २० कार्तिक काठमाडौँ ।  गोरखाको धार्चे  गाउँपालिकामा गण्डकी प्रदेशका सभामुख र स्थानीय सरकारबिच भेटघाट भएको छ । प्रदेश सभामुख धितालले स्थानीय जनता, स्थानीय जनप्रतिनीधिहरुसँग जनताका गुनासो र आगामी बजेट हुने  योजनाहरूको कार्यान्वयनका विषयमा छलफल  गरेका छन् । 

    images

    धार्चे गाउँपालिकाको आयोजनाको कार्यक्रममा बोल्दै धितालले संघीयताको कार्यान्वयनका लागि स्थानीय सरकारले विशेष भूमिका निवार्ह गर्नुपर्ने बताउनुभएको छ । धितालले हरेक निकायहरूले आफ्नो ठाउँबाठ संघीयताको मोडल अनुरूप काम गर्दै सङ्घीयतालाई 
     बलियोबनाउनुपर्ने पनि बताउनुभएको छ ।

    images
    images
    images

     उहाँले  प्रदेश र सङ्घको योजनाहरू कार्यान्वयन गर्दा स्थानीयहरू, जनप्रतिनिधि, कर्मचारी सचेत भएर काम गर्न र योजना सफल बनाउनु लाग्नुपर्ने बताउनुभयो ।जनप्रतिनीधिहरुले जनताका समस्यालाई पहिचान गरी जनस्तर उकास्ने काम गर्नुपर्ने पनि बताउनु भएको हो ।

    प्रदेशका सभामुख धितालले धार्चेमा मुख्य समस्या भनेकै सडक योजना भएकाले सडक स्तरोन्नतिको लागी उनीहरूले आग्रह गरेका थिए । गोरखाको पर्यटकीय क्षेत्र चुम भ्याली, मनासलु सर्किट, गणेश हिमाल, उत्तरी नाका जोड्ने मुख्य सडक धार्चे हुँर्दै जाने भएकाले सडक सञ्जालको काम छिटो सम्पन्न गर्न सङ्घीय सरकारलाई जनप्रतिनीधिहरुले आग्रह गरेका थिए ।

    कार्यक्रममा संविधान सभा सदस्य तथा पूर्व राज्य मन्त्री छमबहादुर गुरुङले धार्चेको विकासमा प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गाउँपालिकामा विकासका धेरै गतिविधि गर्न नसकिएकोले सङ्घ र प्रदेशको तर्फबाट योजनाहरू रातो किताबमै पारिदिन सभामुखसँग आग्रह गर्नुभयो । 

    प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - १७:०७:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको