२१ कार्तिक काठमाडाैँ । गाेरखाकाे सिरानचोक गाउँपालिका वडा न ८ का आफनै घरको पिढीबाट लडेर एक वृद्वको मृत्यु भएको छ । सिरानचोक घर भएका ६८ बर्षीय भिमु गुरुङको रहेकाे छन् ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साझाँ घरको पिढीबाट आँगनमा लडेर घाइते भएका वृद्वको टाउकोमा चोट लागेको थियो ।
उनलाई तत्काल उपचारका लागि जौबारीकाे स्वास्थ्य केन्द्र लागिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी निरिक्षक रविन्द्र अधिकारीले बताए । घटनामा मुचुल्का लगायतको सबै अनुसन्धान कार्य सम्पन्न गरी मृतकको शव आफन्तलाई बुझाइएको उनले बताए ।