२१ कार्तिक काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका आयोजना र स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानको सहयोगमा जनप्रतिनिधि र कर्मचारीहरूका लागि अभिमुखीकरण कार्यक्रम बारपाकमा सञ्चालन भएको हो । उक्त कार्यक्रम कार्तिक २० देखी २२ गते सम्म सञ्चालन हुने भएको छ । यस कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण धितालले गर्नुभएको हो । यस कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै सभामुख धितालले कर्मचारी र जनप्रतिनिधिको सुमधुर सम्बन्धबाट नै विकास सम्भव रहेको बताउनुभयो ।

स्थानीय सरकारले जनताका समस्या र चाहनालाई राम्रोसँग बुझ्न भएकाले जनताले सरकार भएको अनुभूति हुने र कतिपय जनप्रतिनिधिहरूमा आफ्नो जिम्मेवारी, काम, कर्तव्य र अधिकारको बारेमा धेरै ज्ञान नहुँदा काममा समस्या हुने गरेकाले यो तालिम र कार्यक्रम राखे सँगै समस्याको हल गर्ने उपाय रहेको सभामुख धितालले उहाँले बताउनुभयो ।स्थानीय सरकारले पनि जनप्रतिनिधिहरू र कर्मचारीलाई दक्ष वा सहज बनाउन लाई विभिन्न तालिम, गोष्ठी, भ्रमण लगायतका कार्यक्रम बनाउनुपर्ने सभामुख धितालको भनाई छ ।

स्थानीय निकायलाई जनप्रतिनिधि र कर्मचारीको भूमिका ठुलो हुने भएकाले विकास निर्माणका काम मात्र होइन जनताका दैनिक जनजीवन सहज बनाउन भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो ।बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले यो कार्यक्रम पश्चात् पालिकामा काम गर्न जनप्रतिनिधि र कर्मचारीहरूलाई सहज हुने विश्वास गर्नभयो ।

कतिपय जनप्रतिनिधिहरू पुरानो पनि छन्, कोही नयाँ छन् त्यस कारण यो अभिमुखीकरणले समग्र हाम्रो व्यवस्था राम्रा ेबनाउन वडा तथा तहमा लागु गर्न सबैलाई आग्रह गर्नु भएको छ । उक्त् कार्यक्रममा स्वागत मन्तव्य राख्दै बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले जनप्रतिनिधिहरू र कर्मचारीहरुले गर्नुहुने र नहुने कामहरूको बारे सचेत भएर काम गर्न सबैमा आग्रह गर्नुभयो ।

उनीहरूलाई हरिकृष्ण कोइराला, तुलसीराम आचार्य, टापेन्द्र लरिजा, सन्तलाल श्रेष्ठ, बुद्धिप्रसाद घिमिरेले प्रशिक्षण दिनुहुने प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताउनुभयो । कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका भित्रका सम्पूर्ण गाउँ सभा सदस्यहरू, कर्मचारीहरू सहभागी भएको थिए ।