२१ कार्तिक काठमाडाैँ । केही दिन अगाडी जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल लगायतका नेताहरुले सहयोग हस्तान्तरण गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री राहत कोषमा ५० लाखको सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि उपाध्यक्ष भुसाल लगायतका नेताहरुले उक्त रकम सहयोग गरेका छन् ।
उनीहरूले मंगलबार ५० लाख रकम बराबरको चेक प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चेक हस्तान्तरण गरेका हुन् ।