Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लोमान्थाङ कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने

लोमान्थाङ कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने

जोईन खबर

२१, कार्तिक २०८०
  • 799
    SHARES
  • लोमान्थाङ कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने

    २१ कार्तिक काठमाडाैँ । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसीयाली छाएको गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।

    images
    सरकार, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूको तहबाट कोरला नाका सञ्चालन गर्न भएको कूटनीतिक पहल सफल भएको छ,” उनले भने गाउँपालिकाका बासिन्दा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।”

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनमा ल्याउने तयारी भएको जनाएको थियो । 

    images
    images
    images

    कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रूपमा बन्द भएको थियो । त्यसअघिका वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।

    उक्त नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई ‘नेपाल चीन सीमा क्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुमतिपत्र’ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।प्रवेश पास भएका नागरिकले जुनसुकै समयमा पनि चीन जाने आउने सुविधा पाउनेछन् । भन्सार कार्यालयमा नियमित कर्मचारी उपस्थितिका लागि तयारी गरिएको छ ।

    नेचुङ सशस्त्र प्रहरी बल (विओपी)को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधा सम्पन्न भवन बनाएको छ ।

     

    प्रकाशित मिति :कार्तिक २१, २०८० मंगलवार - १६:४२:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको