Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सदस्य–सचिव घिसिङ र वल्र्ड एक्वेटिक्सका अध्यक्ष मुसाल्लमबीच मंगलबार भेटवार्ता

सदस्य–सचिव घिसिङ र वल्र्ड एक्वेटिक्सका अध्यक्ष मुसाल्लमबीच मंगलबार भेटवार्ता

जोईन खबर

२२, कार्तिक २०८०
  • 724
    SHARES
  • सदस्य–सचिव  घिसिङ र वल्र्ड एक्वेटिक्सका अध्यक्ष   मुसाल्लमबीच मंगलबार भेटवार्ता

    २२ कार्तिक काठमाडाैँ ।   राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र वल्र्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमबीच मंगलबार भेटवार्ता भएको छ ।

    images

    भेटका अवसरमा सदस्य–सचिव घिसिङले नेपालमा पौडीको अवस्था बारे जानकारी गराउनुका साथै विश्व एक्वेटिक्सले नेपाली पौडी र खेलाडीलाई गर्न सकिने सहयोगका विषयमा कुराकानी गर्नु भएको थियो । सदस्य–सचिव घिसिङले पेरिस ओलम्पिकका लागि पौडी खेलाडीको तयारी प्रशिक्षणालाई विश्व एक्वेटिक्सले गर्न सकिने सहयोगका बारेमा पनि हुसेनसंग आग्रह गरेका थिए ।

    images
    images
    images

    अध्यक्ष हुसेन मुसाल्लमले विश्व एक्वेटिक्सले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै हरेक संघले पद्धति, काम अनि नतिजामा जोड दिनु पर्ने बताए । उनले सानै उमेरदेखि बालवालिकालाई पौडीमा आकर्षित राष्ट्रिय संघले पहल गर्नु पर्ने र त्यसका लागि विश्व एक्वेटिक्स सहकार्य गर्न इच्छुक रहेको बताए ।

    भेटका अवसरमा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यलगायतका पदाधिकारी, कोचिङ्ग एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वल्र्ड च्याम्पियन) को उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :कार्तिक २२, २०८० बुधवार - १०:३५:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको