२२ कार्तिक काठमाडाैँ । गोरखाको अजिरकोट गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खृलकुद भन्ने नाराका साथ" अजिरकोट गाउँपालिका भच्चेकमा रहेको नेपाली सेनाको खेलकुद मैदानमा मंगलवारबाट तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । उक्त कार्यक्रम उद्घाटन अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले गरेका हुन् ।
यो कार्यक्रम मंगलबार देखि विहिबारसम्म संचालन हुने रनिङशिल्डमा उद्घाटनका दिनमा १५ सय मिटर दौड, सटपुट लगायतका खेल सम्पन्न भएको गाउँपालिका शिक्षा अधिकृत सिताराम पन्तले जानाकारी दिनुभयो ।
प्रतियोगिता भित्र छात्रा÷छात्र भलिबल, एथलेटिक्सतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर दौड, हाइजम्प, सटपुट लगायका खेलहरु गरी कुल १४ खेल समावेश गरि प्रतियोगिता हुने उनले जानकारी दिए ।
यु प्रतियोगितामा गाउँपालिका भित्रका नौ वटा मा वि स्कुलको सहभागिता रहेको शिक्षा अधिकृत पन्तले जानाकारी दिनुभयो ।
फाेटाे सामाजि सञ्जाल