२२ कार्तिक काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ५ ताकुमाझ लाकुरीबोटले साविक वडा स्तरिय फुटसल प्रतियोगिता गर्ने भएको छ । समृद्व ताकु युवा समाजको आयोजनामा प्रथम समृद्व ताकु युवा समाज कप काठमाडौँको बनस्थलीस्थित बल्छि धुर्वे फुटसल खरिबोटमा आगामी मंसिर ०३ गते प्रतियोगिता हुन लागेको समृद्व ताकु युवा समाज उपाध्यक्ष तथा फुटसल प्रतियोगिता संयोजक राजेन्द्र रायमाझीले जानाकारी दिनुभयो ।
उक्त प्रतियोगिता तिहार तथा छठ पर्व २०८० को पावन अवसर पारेर समृद्व ताकु युवा समाजले साविक वडा स्तरिय पुरुष फुटसल प्रतियोगिताको आयोजन गर्ने लागेको उहाँले बताउनु भयो । यस प्रतियोगितामा विजेता दुई टिमलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिम लाई नगद रु १० हजार सहित र ट्रफी,मेडल प्रमाण पत्र पाउँने छ ,भने दास्रो स्थान हासिल गर्ने टिमले भन्ने नगद रु ५ हजार ट्रफी,मेडल प्रमाण पत्र प्राप्ता गर्ने, र साथमा उत्कृष्ट प्लेयर, उत्कृष्ट गोल रक्षक लाई नगद रु १००० सहित मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यस प्रतियोगिता सहभागि हुन चाहाने वडा स्तरिय टिमले मंसिर ०२ गते आफनो वडाको टिम दर्ता गर्न सक्ने छ । यस संस्थाले टिम दर्ताको लागि रु १००० हजार शुल्क तोकिएको उपध्यक्ष तथा प्रतियोगिताका संयोजक रायमाझीले जानकारी दिनुभयो । साथै खेलमा हुने संख्या भनेको ७ जना खेलाडी र १ जना प्रशिक्षक हुनु पर्ने संस्थाले जनाएको हाे । यसमा प्रतियोगिता समृद्व ताकु युवा समाजसँग सहकार्यमा मिलनसिल युवा क्लब पनि सहभागिता हुने छ ।
यो समृद्व ताकु युवा समाजको स्थापन गाउँबाट काठमाडौँ आएर बसोबास गर्ने बृद्वजिवी,विभिन्न पेसा व्यापार व्यवसायि, युवा विधार्थीहरुको सहभागितामा अध्यक्ष राजू खड्कको नेतृत्वको टिमले गएको बर्षको कार्यकालमा एम्बलेन्स अभियान सञ्चालन गरी त्यसै बर्ष एम्बुलेन्स खरिद गरेका थिए । यस संस्थाले गाउँ टोलमा बिरामी पर्दा आर्थिक रुपमा पनि सहयोग गरेको छ । यो बर्ष युवाहरुलाई मनोरञ्जन र रोचक बनाउन उक्त प्रतियोगिता राखिएको हो ।