२२ कार्तिक काठमाडाैँ । गोरखा को बारपाक सुलिकोट गाउँपालिका ले स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान र पालिकाको साझेदारीमा दुई दिन सम्म चल्ने गरि २०७९ मा निर्वाचित जनप्रतिनिधि र वडा सचिव लाई समेत गरि प्रशिक्षण तालिम चलाएको छ। यहि कात्तिक २० र २१ गते चलेको तालिममा पालिकाको आठै वटा वडा बाट निर्वाचित जनप्रतिनिधिहरु र आठै वडा का वडा सचिवहरु सहभागी भएका थिए। उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण धिताल को उपस्थिति थियो ।

माननीय सभामुख ज्युले स्थानिय तहका जनप्रतिनिधिहरुको कर्तव्य र दाईत्व महत्वपुर्ण हुने बताउनु भएको थियो। जनता सङ्ग प्रत्येक्ष जोडिने र जनताको सेवामा दैनिक उपस्थित हुन सक्ने भएको हुँदा जन भावना अनुसार। संविधान मा रहेर नियम सङ्गत जनताको सेवामा जनप्रतिनिधि ले काम गर्नु पर्ने बताउनु भएको थियो। दुई दिने अभिमुखिकरण तालिममा स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान का चारजना कर्मचारीबाट प्रशिक्षण गराईएको थियो।

गाउँपालीका का प्रवक्ता शुभ प्रभात नेपाली का अनुसार जनप्रतिनिधिको अठार महिनाको कार्यकाल को अनुभव को बिषय बाट कार्यक्रम सुरु भएको थियो प्रशिक्षण प्रतिष्ठान बाट आउनु भएका चारजना प्रशिक्षकहरुले बिषयगतरुपमा प्रशिक्षण दिनु भएको थियो। टापेन्द्र प्रसाद रिजाल बाट - स्थानिय आर्थिक विकास, सार्वजनिक जवाफदेहिता र यसका औजारहरु र सकारात्मक सोंच र तनाव व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिनु भयो। हरिकृष्णा कोईराला बाट- स्थानिय तहको बजेट निर्माण प्रकृया विकासका अन्तरसम्बन्धित बिषयहरू, स्थानिय तहका जनप्रतिनिधिको काम कर्तव्य र अधिकार तथा स्थानिय तह (वडा समिति, वडा अध्यक्ष, वडा सचिव) को काम कर्तव्य र अधिकार सम्बन्धि बिषयमा।

सन्तलाल श्रेष्ठ बाट- सार्वजनिक खरिद प्रकृयामा स्थानिय तहको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि, र स्थानिय तहको जनप्रतिनिधिको नेतृत्व सीप विकास सम्बन्धि। बुद्धि प्रसाद घिमिरे बाट- स्थानिय तहमा बैठक सञ्चालन प्रकृया, सम्बन्धि प्रशिक्षण तालीम सञ्चालन गर्नु भएको । प्रवक्ताको भनाई छ। दुई दिने तालिमको अनुभव के कस्तो रह्यो भन्ने सवाल मा कार्यक्रममा सह भागिहरु मध्ये वडा न:६ को महिला वडा सदस्य सावित्री श्रेष्ठ र वडा न:८ का वडा अध्यक्ष शरण गरुङ्ग बाट कार्यक्रमको अनुभव र सिकाई उपलब्धि सम्बन्धि बिषयमा भनाईहरु राख्नु भएको थियो।


गाउँपालीका का अध्यक्ष श्री बिष्णु प्रसाद भट्ट ले यो प्रशिक्षण कार्यक्रमबाट हामी जनप्रतिनिधिहरुले जनताको सेवामा आफ्नो दाईत्व र कर्तव्य निर्बाह गर्न महत्वपुर्ण पाठ सिकाएको बताउनु भयो। अध्यक्ष भट्ट का अनुसार यो दुईदिने प्रशिक्षण बाट आगामी दिन मा स्थानिय विकास निर्माणका योजना निर्माण गर्न सहज हुने र जनताको दैनिक जीवन सङ्ग सम्बन्धित रहेर जनताको रोजगार र सेवा सङ्ग रहेर योजना निर्माण गर्न यस तालिम बाट धेरै सफलता मिल्ने बताउनु भएको छ।
