२२ कार्तिक काठमाडाैँ । बुधबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएको छ । चाँदीको भाउ पनि लगातार दोस्रो दिन घटेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँमा झरेको छ ।
बुधबार चाँदीको मूल्य घटेको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार ३८ ५ रुपैयाँमा किनबेच भइरहेको छ ।