२२ कार्तिक काठमाडाैँ । गण्डकी प्रदेशकाे पोखरामा रहेकाे लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश दिएकाे छ ।पर्यटकीय क्षेत्र लेक साइड अब चौबिसै घण्टा खुला हुने भएको छ ।
बुधवार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको हो । व्यवसायीले व्यवसायमा अङ्कुश लगाउने गरी प्रहरीले दिएको समस्या विरुद्ध रिट दिएका थिए ।
देवीकुमारी बरालले दिएको रिटमा कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले यस्तो आदेश दिएका हुन् । कानुन अनुसार व्यापार व्यवसाय गर्न रोक नलगाउन आदेश जारी भएको उच्चले जनाएको छ ।
प्रकाशित मिति :कार्तिक २२, २०८० बुधवार -
१६:३८:१८ बजे