Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्प पीडितका लागि चार करोड भन्दा बढी सहयोग

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्प पीडितका लागि चार करोड भन्दा बढी सहयोग

जोईन खबर

२२, कार्तिक २०८०
  • 652
    SHARES
  • पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्प पीडितका लागि चार करोड भन्दा बढी सहयोग

    २२ कार्तिक काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्प पीडितका लागि सहयोग जुटाएको छ ।

    images

     प्रधानमन्त्री राहत कोषमा रू. चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो । मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    नेपाल नागरिक उड्डयन प्राधिकरण रू. एक करोड, नेपाल वायुसेवा निगम रू. पच्चीस लाख, पर्यटन बोर्ड रू. ५० लाख, पशुपति क्षेत्र विकास कोष रू. २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घ रू. एकतीस लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टर रू. एघार लाख एघार हजार एक सय ११, कैलाश हेलिकप्टर रू. दश लाख रहेका छन् ।

     क्यासिनो मोजाङ रू. पाँच लाख, क्यासिनो मोजाङ नेपालगञ्ज रू पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौँ रू. पाँच लाख, क्यासिनो वेलिज काठमाडौँ रू. पाँच लाख, क्यासिनो प्राइड काठमाडौँ रू. पाँच लाख, क्यासिनो प्यालेस काठमाडौँ रू. पाँच लाख, क्यासिनो प्यालेस झापाले रू. पाँच लाख पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक २२, २०८० बुधवार - १७:१०:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको