Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी भइ देवकी स्वदेश फर्किइन्

अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी भइ देवकी स्वदेश फर्किइन्

जोईन खबर

२३, कार्तिक २०८०
  • 655
    SHARES
  • अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी भइ देवकी स्वदेश फर्किइन्

    २३ कार्तिक काठमाडाैँ । जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भइ स्वदेश फर्किएकी  छन् । जापानको हरतसुगासी कानागावास्थित टोकाइ विश्वविद्यालयमा एक महिनासम्म भएको सेमिनारमा सहभागी भइ देवकी स्वदेश फर्किएकी हुन् । सेमिनार एनपीओ जुडोसले आयोजना गरेको हो ।

    images

    सेमिनारका केहि कक्ष जापान कोदोकानमा पनि भएको थियो ।जुडोको कोचिङलगायत विविध शिक्षा हासिल गर्ने क्रममा देवकीले जापानको विभिन्न डोजो, जुनियर हाइ स्कुल, सिनियर हाइ स्कुल, कलेज, विश्वविद्यालयहरुमा प्रशिक्षण गर्ने अवसर पाएकी थिइन् ।देवकीलाई एनपीओ जुडोसका मुख्य प्रशिक्षक मिसुमोटोलगायतले प्रशिक्षण दिएका थिए । गैर नाफामुलक संस्था एनपीओ जुडोसका अध्यक्ष ओलम्पिकका स्वर्ण विजेता कोसेईं इनोइ हुन् ।

    images
    images
    images

    यस्तो सेमिनारमा नेपालबाट जुडोमा सहभागी हुने देवकी पहिलो खेलाडी भएको नेपाल जुडो संघका सदस्य समेत रहेका बन्दी सहायता नियोग (पाम) का जुडो प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका छन् । देवकी पाममै ७ वर्षको उमेरदेखि हुर्केकी हुन् । त्यहीबाट देवकीले सन् २००९ देखि जुडो खेल्न थालेकी थिइन् । देवकी हाल पाममा सहायक प्रशिक्षक छिन् । घरेलु प्रतियोगितामा देवकी एक पटक मात्र मनीता श्रेष्ठ प्रधानसंग फाइनलमा पराजित भएकी छन् । मनीता पनि पामकै उत्पादन हुन् ।देवकीले हालै चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।

    देवकीका दाइ इन्द्र र निशा पनि आ–आफ्नो तौलसमूहका जुडोकै राष्ट्रिय च्याम्पियन हुन् ।देवकीले सेमिनारबाट आफूले महत्वपूर्ण ज्ञान हासिल गरेको बताउदै आफूले सिकेको सिप अरुलाई पनि सिकाएर व्यवहारमा लागू गर्ने बताइन् । देवकीले सेमिनारमा सहभागिताको अवसर प्रदान गरेकोमा नेपाल जुडो संघलाई धन्यवाद दिदै एनपीओ जुडोसको पनि प्रशंसा गर्दै आभार व्यक्त गरिन् ।सूर्यनारायण श्रेष्ठले देवकीले हासिल गरेको ज्ञानबाट नेपाली जुडोलाई धेरै फाइदा पुग्ने बताउदै यस्ता तालिममा नेपालको सहभागिता नियमित हुन सके नेपाली जुडोको विकासमा समेत टेवा पुग्ने बताए ।

    प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - ११:००:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको