२३ कार्तिक काठमाडौँ । बिहीबार बिहान जाजरकोटको पैंक केन्द्रबिन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको छ । गएको शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
जाजरकोट केन्द्रबिन्दु भएर गएकोे विनाशकारी भूकम्प गएको क्षेत्रमा लगातारधक्का महसुस भई रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेट जाँदा उक्त परकम्प गएको थियो । थप विवरण अाउन बाकी छ ।