Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विवाहका लागि वडा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था

विवाहका लागि वडा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था

जोईन खबर

२३, कार्तिक २०८०
  • 733
    SHARES
  • विवाहका लागि वडा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था

    २३ कार्तिक काठमाडाैँ ।  सिन्धुली जिल्लाकाे मरिण र गोलन्जोर गाउँपालिकाले  विवाहका लागि सम्बन्धित वडा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरेका छन् । बालविवाह अन्त्यका लागि उक्त व्यवस्था गरेका हुन् ।

    images

     नौ वटा स्थानीय तहमध्ये मरिण गाउँपालिकाको दसैँअघि बसेको कार्यपालिका बैठकले विवाह गर्न वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने निर्णय गरेको हो । यसअघि गत वर्ष चैत महिनामा गोलन्जोर गाउँपालिकाले उक्त व्यवस्था गरेको थियो ।मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले विवाह हुनुअघि वडा कार्यालयमा पुगी विवाह हुने महिला र पुरुष दुवैको विवाह गर्न योग्य उमेर प्रमाणित गरेपछि अनुमति पाइने व्यवस्था गरेको बताउनुभयो ।

    images
    images
    images

    उहाँका अनुसार गाउँ कार्यपालिकाको । बैठकले आगामी मङ्सिर १ गतेदेखि अनुमति लिएर मात्रै विवाह गर्न दिने निर्णय गरेको हो । मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७० (घ) बमोजिम महिला र पुरुषको उमेर २० वर्ष ने पूरा भएको हुनु पर्छ ।गोलन्जोर गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि विवाह गर्नुअघि वडा कार्यालयबाट विवाह गर्ने उमेर पुगेको योग्यताको प्रमाणपत्र पेस गरी सिफारिस लिनुपर्ने व्यवस्थाको सुरु गरेको छ ।बालविवाह बढ्दै गएपछि उक्त निर्णयगरिएको हो ।

    विवाहका लागि २० वर्ष अनिवार्य पुग्नुपर्ने र उमेर नपुगी विवाह गर्ने जोडीलाई गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवासुविधाबाट समेत वञ्चित गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष शङ्करराज बरालले जानकारी दिनुभयो । गाेरखापत्र

    प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - १३:०६:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको