२३ कार्तिक काठमाडौँ । युट्युबर मनोज मानव पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार राति पौने ८ बजे कीर्तिपुरबाट महतोलाई पक्राउ गरेको हो ।
साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिप्रसाद रायका अनुसार महतोमाथि सामाजिक सञ्जाल तथा युट्युबमा आफ्नो चरित्रहत्या गरी भिडिओ राखेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन् ।
उनले सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या हुनेगरी भिडिओ राखेको भन्ने आरोपमा उजुरी परेपछि अनुसन्धानका लागि कार्यालयमा लगेको हो ।
प्रहरी उपरीक्षक रायका अनुसार अहिले उनीमाथि प्रारम्भिक चरणको अनुसन्धान भइरहेको छ । थप विवरण आउन बाकी छ ।