Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यो वर्ष देउसी भैलो खेल्न काठमाडौं महानगर नगरप्रहरीले “राती १” बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था

यो वर्ष देउसी भैलो खेल्न काठमाडौं महानगर नगरप्रहरीले “राती १” बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था

जोईन खबर

२४, कार्तिक २०८०
  • 808
    SHARES
  • यो वर्ष देउसी भैलो खेल्न  काठमाडौं महानगर नगरप्रहरीले “राती १” बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था

    २४ कार्तिक काठमाडाैँ ।  काठमाडौं महानगरपालिकामा राति १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा प्रबन्ध मिलाएको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले बताएका छन्। उनले सामाजिक संजालमार्फत राती १ बजेसम्म देउसी भैलो खेल्न पाउने गरि सुरक्षा व्यवस्था मिलाएको बताएका हुन्।

    images

    याे भन्दा अघिलाे बर्ष राति ९-१० बजेसम्ममात्रै देउसी भैलो खेल्न दिइन्थ्यो। अहिले बालेनले भने महानगर प्रहरीले पेट्रोलिङ गर्ने भन्दै मर्यादित भएर देउसी भैलो खेल्न आग्रह गरेका छन्।

    images
    images
    images

    उनले सोही अनुरुप प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा प्रबन्ध मिलाउन अनुरोध पनि गरेका छन्।‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले “राती १” बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौं,’ बालेनेले लेखेका छन्। 

    400567662_902310011261255_8270616939604997239_n.jpg

    बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएको थियो ।
    यो बर्ष काठमाडौ महानगर नगरप्रहरीले " राती १ " बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौ , सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौ।

     

    प्रकाशित मिति :कार्तिक २४, २०८० शुक्रवार - १३:१७:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको