Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उमेरको विषयमा छानबिन सुरू भएपछि नेपाली सेनाका उपरथी पाण्डेकाे राजीनामा

उमेरको विषयमा छानबिन सुरू भएपछि नेपाली सेनाका उपरथी पाण्डेकाे राजीनामा

जोईन खबर

२४, कार्तिक २०८०
  • 688
    SHARES
  • उमेरको विषयमा छानबिन सुरू भएपछि नेपाली सेनाका उपरथी पाण्डेकाे राजीनामा
    २४ कार्तिक काठमाडाैँ । प्रधानसेनापतिको रोलक्रममा रहेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका हुन् । उमेरको विषयमा छानबिन सुरू भएपछि रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेले राजीनामा दिएको स्रोतको दाबी छ ।
     
     नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरू भएको थियो। पाण्डे आगामी प्रधानसेनापतिको रोलक्रममा समेत थिए। २०८१ भदौ २४ गते प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल सकिए लगत्तै पाण्डे प्रधानसेनापतिको रोलक्रममा थिए।
     
    नागरिकतामा जन्ममिती सच्चाएको बिषयमा छानवीन सुरु भएपछि कारवाहीको डरले पाण्डेले राजिनामा दिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०४३ वैशाख ०३ गते उनको नागरिकता जारी भएको देखिन्छ।
     
    २०४२ चैत २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको चलानी नम्बर ७५८८ अनुसार पाण्डेको जन्ममिति २०२३ मंसिर २३ गते कायम गरिएको भन्दै एसएलसीको नतिजा प्रकाशित भएको मिति २०३८ सालको सक्कली ढड्डामा उल्लेख छ। तर, एसएलसी प्रमाणपत्रमा उनको जन्ममिति २०२१ माघ १२ गते छ ।
     
     
     
     
     
     

    प्रकाशित मिति :कार्तिक २४, २०८० शुक्रवार - १४:२५:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको