२४ कार्तिक काठमाडाैँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले हराएकाे १८ ओटा दुईपाङ्ग्रे सवारी साधन खोजी गरी धनीलाई हस्तान्तरण गरेको छ ।
सोही कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको बताउनुभयो ।
सवारी धनी स्वयम् पनि विशेष सजग हुनुको साथै सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, सुरक्षा साइरनहरू जडान लगायतका विभिन्न उपायहरू अवलम्वन गर्न उहाँले आग्रह गर्नुभयो ।
साथै सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।




