Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लागूऔषध कोकिन सहित २ जना पक्राउ

लागूऔषध कोकिन सहित २ जना पक्राउ

जोईन खबर

२४, कार्तिक २०८०
  • 802
    SHARES
  • लागूऔषध कोकिन सहित २ जना पक्राउ

    २४ कार्तिक  काठमाडाैँ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध कोकिन धुलो पदार्थ  ४७ ग्राम २७ मिलिग्रामसहित २ जनालाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।पक्राउ पर्नेहरूमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र सिंह र भारत उत्तर प्रदेश मैनपुरी घर भएका ३० वर्षीय विरेश चन्द्रा रहेका छन् ।

    images

    प्रहरी लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ज ३२१८ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा  उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    images
    images
    images

    साथै थप अनुसन्धानका लागि सोही ट्याक्सीका चालकसहित २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रकाशित मिति :कार्तिक २४, २०८० शुक्रवार - १६:१३:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको