Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोटमा गर्भवती महिलाहरुका गाउँगाउँमा पुगेर निःशुल्क अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा प्रदान

बारपाक सुलिकोटमा गर्भवती महिलाहरुका गाउँगाउँमा पुगेर निःशुल्क अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा प्रदान

जोईन खबर

२४, कार्तिक २०८०
  • 700
    SHARES
  • बारपाक सुलिकोटमा गर्भवती महिलाहरुका गाउँगाउँमा पुगेर निःशुल्क अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा प्रदान

    २४ कार्तिक काठमाडाैँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा गर्भवती महिलाहरुका लागि गाउँगाउँमा पुगेर निःशुल्क अल्ट्रासाउण्ड भिडियो एक्सरे सेवा प्रदान गर्न सुरु गरिएको छ ।शिशु र आमाको स्वास्थ्य अवस्थाका जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य इकाईहरु मार्फत स्वास्थ्यकर्मीहरुले निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न सुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिनुभयो ।

    images

    गाउँपालिकाले बिभिन्न ९ वटा संस्थाहरुबाट पालिका भित्र रहेका १ सय ६० जना गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्न् सजिलो हुने प्रमुख भट्टले जानकारी दिनुभयो ।

    images
    images
    images

    गाउँपालिकाले एक–एक महिनाको फरकमा गर्भवस्थाको परीक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी पठाउने गरिएको उहाँको भनाई छ ।

    ‘एउटा महिना देउराली, पन्द्रुङ, ताकुकोट, तामलाबोट र स्वाँरामा भिडियो एक्सरे सेवा कार्यक्रम सञ्चालन गर्छौ, प्रमुख भट्टले भन्नुभयो, ‘‘लगत्तै अर्को महिना बारपाक, सौरपानी, रन्चोकमा स्वास्थ्यकर्मी पठाउछौ र पालैपालो महिना विराएर सेवा दिन सुरु गरेका छौ ।

    एकजन गर्भवती महिलाको कम्तीमा तीन पटक अनिवार्य रुपमा भिडियो एक्सरे सेवा प्रदान गरिने अहेव राजमती श्रेष्ठले बताउनुभयो । ‘‘त्यसपछि भने आवश्यकता अनुसार भिडियो एक्सरे गरिन्छ, उहाँले भन्नुभयो, ‘‘पहिलो चरणमा सवै वडामा पुगेर गर्भवती महिलाहरुको गर्भवस्थाको भिडियो एक्सरे जाँच गरी सकिएको छ ।’’

    गर्भवती महिलाहरुको गर्भमा रहेका बच्चाको अवस्था थाहा पाउन र समयमै समस्याहरुको पहिचान गर्न सकियोस भन्ने उदेश्यले गाउँपालिकाले गर्भवती महिलाहरुका लागि टोलटोलमा स्वास्थ्यकर्मी पठाएर निशुल्क भिडियो एक्सरे जाँच गर्न थालिएकोे गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

     

    प्रकाशित मिति :कार्तिक २४, २०८० शुक्रवार - १६:५४:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको