Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ताकुकोटको न्वागी पर्व यसरी मनाइने गरिन्छ

ताकुकोटको न्वागी पर्व यसरी मनाइने गरिन्छ

जोईन खबर

२६, कार्तिक २०८०
  • 2.7K
    SHARES
  • ताकुकोटको न्वागी पर्व यसरी मनाइने गरिन्छ

    २६ कार्तिक काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ६ ताकुकोट कोटर्थोकअवस्थित मा रहेको माइ भगवाती मन्दिरमा हुने न्वागी पर्व  मंसिर २ गते बेलुका र ३ गते दिउसो मनाईने  छ । यस पर्व ताकुकोट र आसपासका  वडाहरू मिलेर हरेक वर्ष धुमधाम रुपमा मनाइने न्वागी पर्व यो वर्ष यही मंसीर २ गते बेलुका  र ३ गते दिउँसोमा परेको छ ।

    images

    न्वागी पर्वको अवसरमा ताकुकोटको वडा नं ६ कोटथोकमा रहेको  प्रसिद्ध धार्मिक स्थल श्रीमाई भगवती मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ ।  यस पर्वमा अघिल्लो दिन निराहार बसी रातभर मन्दिरमा पूजा गर्ने तथा बत्ति बाल्ने गरिन्छ भने भोलि पल्ट बिहान साइत हेरेर न्वागी खाने काम गरिन्छ । प्रत्येक वर्ष कात्तिक महिनाको १५ गते भन्दा पछि उपयुक्त दिन हेरी माइ भगवती मन्दिरका पुरोहितले कात्तिके पुजा गर्ने गर्दछन् र सोहि पुजाको दिनमा मुट्ठी लिने तथा न्वागी खाने दिन जुराउने गरिन्छ । मुट्ठी लिने भन्नाले किसानले खेतमा फलाएको धानको एक गाँज पुजा गरी उक्त धानको गाँज काटी घरमा ल्याउने चलन हो ।

    images
    images
    images

    mait.jpg

    यसरी विभिन्न रुपमा मुट्ठी लिएपछि मात्रै खेतको धान काट्ने गरिन्छ । यसरी काटिएको नयाँ धान कुटेर सो धानको चामलमा दहि, केरा, तिल, नरिवल आदि मिसाइ दहि चामल खाने गरिन्छ । यसरी खाइने दहि चामललाई ‘न्वागी खाने’ भन्ने चलन छ । दहि चामल खाने दिन दिउसो मन्दिरमा बोकाको बलि सहित विशेष पुजा एवं होम गर्ने तथा ठुलो मेला लाग्ने गर्दछ ।

    ताकुकोटको न्वागी मेला ठ्याक्कै कहिले सुरु भयो भन्ने यकिन तथ्याङ्क नभए पनि माइ भगवती को उत्पत्ति संगसंगै करिब ४००  ५००  वर्ष पहिले देखि न्वागी पर्वको थालनी भएको र सो पर्वमा मेला लाग्ने गरेको स्थानिय नल प्रसाद सुवेदी बताउनु भयो  ।  यो पर्व सामाजिक तथा सांस्कृतिक महत्व पनि उत्तिकै रहदै आएको छ । पर्वको अवसर पारी मन्दिर परिसरमा लाग्ने मेलामा ताकुकोट वडा न ६ त्यसै नजिकै जोडीएको पहिला गाविसा थियो , भने अहिले २०७४को निर्वाचन पछि स्थानिय सरकार भए संगै गाउँपालिका भए पछि वडा न  घोषण गरिएको  छ ।

      maito.jpg

    यसका साथै  गाउँपालिका  वडा न  ४ सौरपानी ,वडा न ३ स्वाँरा ,वडा न ५ ताकुमाझ लाकुरीबोट, वडा न ७ देउराली, वडा न ८ पन्द्रुङ सहित अन्य सिमाना सँग जोडीएको गाउँपालिका छन्, जस्तै भिमसेनथापा गाउँपालिका मसेल, सिरनचोक गाउँपालिका  जौवारी र गाँखु, अजिरकोट गाउँपालिका श्रीनाथकोट र सिम्जुङ सम्म नागरिकहरू आउने गरिन्छ । छिमेकी गाउँपालिका वा वडाबाट हजारौ भक्तजनहरु आउने गर्दछन् । मेलामा विभिन्न समुदायको पहिचान झल्कने झाँकीका साथमा जातिय पहिचान बोकेको मारुनी, सोरठी, चुड्का, भजन, झ्याउरे लगायतका नाचहरु देखाउने गरिन्छ । यो पर्वलाई ताकुकोट बासीहरुले हर्षोल्लाष पुर्ण ढंगले धुमधाम पुर्वक मनाउने गर्दछन् ।

    प्रकाशित मिति :कार्तिक २६, २०८० आइतवार - १०:३३:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको