Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गाेरखा सिरानचोक गाउँपालिका थालाजुङका गुरुङको पोर्चुगलमा मृत्यु

गाेरखा सिरानचोक गाउँपालिका थालाजुङका गुरुङको पोर्चुगलमा मृत्यु

जोईन खबर

२६, कार्तिक २०८०
  • 859
    SHARES
  • गाेरखा सिरानचोक गाउँपालिका थालाजुङका गुरुङको पोर्चुगलमा मृत्यु

    २६ कार्तिक काठमाडाैँ ।  गाेरखा सिरानचोक गाउँपालिका वडा न २, थालाजुङ घर भएका चेक बहादुर गुरुङको पोर्चुगलको पिगोएसमा मृत्यु भएको छ ।वैदेशिक रोजगारीको सिलसिलामा गत चैत्र २७ गते पोल्यान्ड आएका उनी करिब सात महिना पोल्यान्डमा काम गरेर दुई हप्ता अघि मात्रै पोर्चुगल प्रवेश गरेका थिए । उनकाे कार्तिक २३ गते मृत्यु भएको हाे ।उनी पोर्चुगलमा काम नपाएर बसेका थिए ।

    images

    अघिल्लो दिन मात्रै भोलि दिउँसो कामको लागि सम्झौता गर्न जाने भनेका गुरूङ मृत अवस्थामा भेटिएको हुन् ।उनको शव पोस्टमार्टमको लागि स्थानीय अस्पताल पुर्‍याइएको पोर्चुगलमा कार्यरत प्रदीप अधिकारीले जानकारी दिए । घरमा उनका बुबा क्यान्सर रोगबाट ग्रसित छन् ।

    images
    images
    images

    बुबाको उपचार खर्च जुटाउन तथा छोरा-छोरीको उज्ज्वल भविष्यका लागि आफन्त र छिमेकीसंग ऋण खोजेर उनी विदेश गएका थिए ।कमाउन गएको छोरो अचानक मृत्यु हुँदा घरपरिवारको बिचल्ली हुने भएको छ ।

    यसै गरी मृतक गुरुङको शव छिटो नेपाल झिकाइदिन परराष्ट्रमन्त्रीको सचिवालयले नेपाली राजदूतावास फ्रान्समा पत्राचार गरेको छ ।साथै, सिरानचोक गाउँपालिकाले शव नेपाल झिकाउन गैरआवसीय नेपाली संघ पोर्चुगललाई र आर्थिक सहयोगका लागि तमु समाज पोर्चुगललाई छुट्टाछुट्टै पत्राचार गरेको छ ।

    प्रकाशित मिति :कार्तिक २६, २०८० आइतवार - ११:४८:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको