Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१९ औं एसियाली खेलकुदमा प्रयागपोखरी डोजोको रजत विजेता एरिका गुरुङ सम्मान

१९ औं एसियाली खेलकुदमा प्रयागपोखरी डोजोको रजत विजेता एरिका गुरुङ सम्मान

जोईन खबर

२६, कार्तिक २०८०
  • 739
    SHARES
  • १९ औं एसियाली खेलकुदमा प्रयागपोखरी डोजोको रजत विजेता एरिका गुरुङ  सम्मान

    २६ कार्तिक काठमाडाैँ । नेपाल सितोरियो कराते डो संघ, प्रयागपोखरी डोजोले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई शनिबार नगदसहित सम्मान गरेको छ । शुभ दिपावली, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको उपलक्ष्यमा प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो । 

    images

    568.JPG

    images
    images
    images

    बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, प्रयागपोखरी डोजोका संस्थापक अध्यक्ष गोपाल महर्जन, प्रयागपोखरी डोजोका प्रशिक्षक विकास महर्जनलगायतले एरिकालाई नगद २० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।सोही अवसरमा १९ औं एसियाली खेलकुदको कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठ र वीरकृष्ण शाही र व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

    567.JPG

    चीनको हाङझावमा गत असोजमा भएको एसियाली खेलकुदमा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा रजत जितेकी थिइन् । एरिकाले जितेको रजत नेपालले एसियाली खेलकुदको करातेमा जितेको पहिलो रजत पदक हो । एरिकाअघि सीताकुमारी राई, समरबहादुर गोले र विमला तामाङले एसियाली खेलकुदको फरक संस्करणमा नेपाललाई करातेमा कांस्य दिलाएका थिए ।

    प्रकाशित मिति :कार्तिक २६, २०८० आइतवार - १२:००:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको