Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुनसरीमा आगलागी हुदा रु ५० लाखभन्दा बढीको क्षति

सुनसरीमा आगलागी हुदा रु ५० लाखभन्दा बढीको क्षति

जोईन खबर

२७, कार्तिक २०८०
  • 724
    SHARES
  • सुनसरीमा आगलागी हुदा  रु ५० लाखभन्दा बढीको क्षति

    २७ कार्तिक काठमाडाैँ । सुनसरी इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ ।आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट भएकाे हाे । इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिए ।

    images

    इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी हुदा रु ५० लाखभन्दा बढीको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले बताइएका छन् ।

    images
    images
    images

    लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

    इनरुवा, दुहबी, धरान, कोसी, इटहरी,राम धुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

    प्रकाशित मिति :कार्तिक २७, २०८० सोमवार - १०:४३:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको