४ मंसिर काठमाडाैँ । चिसोका कारण जाजरकोट र पूर्व रुकुममा दीर्घरोगी र वृद्धवृद्धाहरूकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा नलगाड नगरपालिका–८ टापुकी ७० वर्षीया विष्णु कमारी खत्री,जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन,छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको थियो।भूकम्पमा परी घाइते भई स्थानीय मेडिकलमा उपचार गराइरहेकी खत्रीको आइतबार बिहान मृत्यु भएको हो।भूकम्पले घर भत्किएपछि उनी त्रिपालमुनि बस्दै आएकी थिइन्।
आइतबार बिहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए। चिसोका कारण शनिवार तीन जनाको ज्यान गएको थियो।भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका थिए ।
त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।गत कात्तिक १७ गते राति जाजरकोटमा केन्द्रविन्दु भई गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको थियो।