Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल तेक्वान्दो संघको आयोजनामा हाइ पर्फमेन्स प्रशिक्षक तालिम सुरु

नेपाल तेक्वान्दो संघको आयोजनामा हाइ पर्फमेन्स प्रशिक्षक तालिम सुरु

जोईन खबर

४, मंसिर २०८०
  • 748
    SHARES
  • नेपाल तेक्वान्दो संघको आयोजनामा हाइ पर्फमेन्स प्रशिक्षक तालिम सुरु


    ४मंसिर काठमाडाैँ । नेपाल तेक्वान्दो संघको आयोजनामा हाइ पर्फमेन्स प्रशिक्षक तालिम सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा आइतबारदेखि सुरु भएको छ ।चारदिने तालिममा करिब १ सय प्रशिक्षकको सहभागिता रहेको तेक्वान्दो संघले जनाएको छ ।

    images

    उनीहरुलाई दक्षिण कोरियास्थित किमयोङ विश्वविद्यालयअन्तर्गत तेक्वान्दो विभागका एसोसिएट प्रोफेसर जुसिक पार्कले प्रशिक्षण दिने छन् ।उक्त तालिम मंसिरमै अझै तीन चरणमा हुनेछ । चितवनमा ९ देखि १३, पोखरामा १७ देखि २१ र पुनः काठमाडौंमा २५ देखि २९ गतेसम्म हुनेछ ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको एक कार्यक्रमबीच तालिमको उद्घाटन गरे ।सो अवसरमा एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउने पहिलो खेलाडी सविता राजभण्डारी र एसियाली खेलकुदकै कांस्य विजेता सविताका श्रीमान किशोर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    images
    images
    images

    तेक्वान्दोकाद्वयले सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३ औं एसियाली खेलकुदमा सो पदक जितेका हुन् । दुवै नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघ खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद) का स्वर्ण विजेता पनि हुन् । उनीहरुलाई सदस्य–सचिव घिसिङले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।उक्त अवसरमा सदस्य–सचिव घिसिङले ऐतिहासिक पदक विजेता सवितालाई लामो समयपछि प्रत्यक्ष भेट्न पाउँदा खुशी लागेको बताउदै सविताले रजत पदक जितेको जानकारी आफूले पत्रपत्रिकामा पढेको स्मरण गरे ।ऐतिहासिक रजत विजेता सविताजीलाई लामो समयपछि भेट्न पाउँदा खुशी लाग्यो । संयोगनै भन्नु पर्ला, त्योपनि उहाँले रजत जितेको २५ वर्षपछि करातेबाट एरिका गुरुङले व्यक्तिगत स्पर्धामा रजत जितेको बेला ।

    सदस्य–सचिव घिसिङले भने– ‘सविताजीले पदक जितेको खबर मैले पत्रपत्रिकामा पढेको थिए । म त्यति खेर स्कुलमा पढ्थे । सायद म १४ वर्षको थिए होला । आज पनि त्यो दिन मलाई याद छ । आजको भेटले त्यो क्षणलाई ताजा बनाइ दियो । अझ आफ्नै हातले ऐतिहासिक पदक विजेतालाई सम्मान गर्न पाउँदा झन खुशी लागेको छ । तपाईं दुवै (सविता र किशोर) जनालाई उत्तरोत्तर प्रगतिको कामना ।

    सदस्य–सचिव घिसिङले यो तालिम प्रशिक्षकलाई अपडेट र अपग्रेड गर्न महत्वपूर्ण हुने भएकोले हरेक संघले समयमा नियमित रुपमा यस प्रकारको तालिम आयोजना गर्नु पर्नेमा जोड दिए ।सन् २००२ मा अमेरिका गएका तेक्वान्दो दम्पति त्यसएता पहिलोपटक नेपाल आएका हुन् । उनीहरु बिहीबार अमेरिका फर्कदै छन् ।

    प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - १०:१७:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको