Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इजरायलमा आक्रमणपछि वेपत्ता विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल भेटियो

इजरायलमा आक्रमणपछि वेपत्ता विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल भेटियो

जोईन खबर

४, मंसिर २०८०
  • 703
    SHARES
  • इजरायलमा आक्रमणपछि वेपत्ता विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल भेटियो

    ४ मंसिर काठमाडौँ । हमासले इजरायलमा पछिल्लो समय गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images

    परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार विपिन गाजाको हस्पिटलमा सकुशल रहेको जानकारी इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासलाई जानकारी गराएको र नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा जानकारी गराएको थियो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालका अनुसार हामी विपिनसँग प्रत्यक्ष कुराकानी गरेर थप विवरण ल्याउने प्रयास गछौँ।जोशी अस्पतालमा रहेको भनिए पनि उनको अवस्था कस्तो छ भन्ने अझै स्पष्ट भइसकेको छैन भने  प्रवक्ता लम्सालले बताइन् ।

    images
    images
    images

    परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दीपकराज जोशीले पनि विपिन गाजा क्षेत्रमा सकुशल फेला परेको जानकारी भरपर्दो स्रोतबाट प्राप्त भएको बताएका छन् । विपिन जोशी सकुशल छन् । त्यसको जानकारी विपिनको परिवारलाई पनि गराइसकिएको छ। उनलाई उद्धार गर्ने प्रयास भइरहेको छ ।

    उद्धारका लागि कतार सरकारसँग पनि समन्वय भइरहेको जोशीले बताए ।नेपाल सरकारले विपिनको अवस्था पत्ता लगाउन र उनलाई सकुशल फिर्ता ल्याउन कूटनीतिक पहल जारी राखेको थियो । साथै अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरेको थियो ।

    प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - ११:४३:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको