४ मंसिर काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वडा न ३ चित्रेमा चौथो बाह्रमुले मेला २०८०आयोजन हुने भएको छ । परम्परागत बिस्वासलाई सम्मान गदैँ, कला संस्कृति जोगाउँदै पर्यटन प्रबर्दन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ आउदो मंसिर ६ गते बेलुका मेलाको आयोजना गरीएको क्लबका अध्यक्ष रिजन बिश्वकर्मले जानकारी दिनुभयो ।
अध्यक्ष बिश्वकर्मका अनुसार हरेक बर्ष हरिबोधनी एकादशीको अबसरमा परापुर्ब कालदेखी नै बाह्रमुले मन्दिर परिषरमा मेलाको आयोजना गरीदै आइएको छ । मेलामा बाह्रमुले देबीसँग भाकल गर्ने, फुलको डोली तान्ने तोरण बान्ने, राती जागाराम बस्ने, बत्ती बाल्ने, पशुपंक्षीको बली दिने पुजा गर्ने लगायतको प्रचलन रहेको अध्यक्ष बिश्वकर्मले बताउनु भयो ।
त्यस पछि आफ्नो मनोकाङ्छा पुरा हुने जनबिस्वार रहेको क्लबका अध्यक्ष बिश्वकर्मले बताउनुहुन्छ । उक्त मेलामा छिमेकी जिल्ला चितवन र तनहुँ देखीका भक्तजनाहरु बलि चढाउन र मेला हेर्न आउने गर्दछन् । मेला हेर्न आउने ‘आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँका मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन गराउदै यहाँ पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गर्न सकिन्छ। जनबिस्वासलाई सम्मान गर्दे हरेक बर्ष बाह्रमुले युवा क्लबले बिभिन्न कार्यक्रम गर्दे आएको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकरहरुको बेजोड प्रस्तुती रहने छ ।
चौथो बाह्रमुले मेला २०८०को आयोजनमा राष्ट्रिय कलाकार आरके गुरुङ, सन्जय गुरुङ, सुनिमा गुरुङ, पवन गुरुङ,साजन राना मगर, रमज गुरुङ, कमला थापा मगर र सुमिना गुरुङको बेजोड प्रस्तुतीसंगै कार्यक्रम सम्ुद्धाटन बारपाकसुलिको गाउँपालिका अध्यक्ष बिष्णु प्रशाद भट्टको प्रमुख आतिथ्यमा रहने क्लबका अध्यक्ष रिजन बिश्वकर्मले जानकारी दिनुभयो ।